हप्तामा दुई पटक काँचो लसुनको प्रयोगले क्यान्सरबाट छुटकारा पाउन सकिने एक अनुसन्धानले देखाएको छ । चीनमा गरिएको एक अध्ययनमा लसुन खानाले ४४ प्रतिशत रोग लाग्नबाट छुटकारा पाउन सकिने तथ्य पत्ता लागेको छ ।
यस्तै, फोक्सोको क्यान्सरको खतरालाई पनि निकै कम गर्ने अध्ययनले देखाएको छ । नियमित रुपमा लसुनको प्रयोग गर्ने मानिसहरुमा फोक्सो क्यान्सर हुने सम्भावना निकै कम हुने र भएका मानिसहरु पनि लामो समय बाच्न सक्ने निष्कर्ष निकालिएको छ । चुरोट पिउने धेरै मानिसहरुमा गरिएको अध्ययनमा पनि फोक्सोको क्यान्सर भएका मानिसहरु करिब ५ वर्षसम्म पनि जिवित रहेको बताइएको छ ।
यस्तै, साउथ अष्ट्रेलिया विश्वविद्याललयेल गरेको अध्ययनले पनि नियमित लसुनको प्रयोगले ट्युमरको सम्भावनालाई एक तिहाईले घटाइदिने गर्छ ।
पछिल्लो समय जियान्सु प्रोभिनिकल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १४२४ जना फोक्सोका क्यान्सर भएका मानिस र ४५ सय स्वस्थ्य व्यक्तिहरुमा यस्तो अध्ययन गरेको बताइएको छ । लसुनकोप्रभावबारे गरिएको अध्ययनले विभिन्न रोगहरूको सम्बावनालाई कम गर्ने निष्कर्ष निकालिएको छ तर, पकाएको लसुनले यी काम गर्छ या गर्दैन त्यो भने आकलन गरिएको छैन ।